Comments Add Comment

मेस्सीलाई च्याम्पियन फर पिस अवार्ड

काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड-२०२० जितेका छन् ।

विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो ।

‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘धन्यवाद पिस एण्ड स्पोर्ट्सलाई यो सुन्दर स्वीकृतिका लागि ।’

मेस्सीले शनिबार अर्को उपलब्धी समेत हात पार्न सक्नेछन् । मेस्सी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान बराबरी गर्न दुई गोलले मात्र टाढा छन् । ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसमा १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

मेसीले दुई गोल गरेमा पेलेले भन्दा कम समयमा उक्त उपलब्धी हात पार्नेछन् ।बार्सिलोनाले शनिबार स्पानिस ला लिगामा भ्यालेन्सियासँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment