+
+
Shares

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरौं : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १०:३०

५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन् । साथै, उनले यसको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । यसको चौतर्फी आलोचना भइरहेको छ ।

जसपा नेता भट्टराईले पनि यसले लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत भएको बताए । ‘देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरिएको छ । विगतको अस्थिरतालाई ध्यान दिँदै संसद विघटन गरेर अस्थिरता निम्त्याउन नदिन प्रावधान राखेका थियौं’ उनले भनेका छन्, त्यस विपरीत प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको खबर प्राप्त भएको छ, यो अत्यन्त दुःखद् छ ।’

यसले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडाएको भट्टराईले बताए । उनले अघि भने यो लोकतन्त्रको मर्म विपरीत छ, संविधानको प्रावधान विपरीत छ ।’

दुई तिहाइ नजिक बहुमत पाएको नेकपाका प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत भएको भन्दै उनले भने, ‘यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?