+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

थप ५८८ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १६:५३

५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०० जनामा परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०९७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८३२० जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या १७८८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?