Comments Add Comment

संसद विघटनविरुद्व जनकपुरमा नेकपा र जसपाको प्रदर्शन

५ पुस, जनकपुरधाम । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले आइतबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा र जसपाका कार्यकर्ताहरुले जनकपुरमा छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गैर कानुनी कदम चालेको भन्दै नेकपा निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका थिए । नगरको विभिन्न भागमा प्रदर्शन गर्दै उनीहरुले जनक चोकमा कोणसभा समेत गरेका थिए । कोणसभामा बोल्दै युवा संघका नेता राजकुमार यादवले केपी ओलीको यो कदमले देश बर्बाद हुने बताए । देशमा बेरोजागारी बढाएको, व्याप्क भ्रष्टाचार गरेको र आफ्नै पार्टीभित्र पनि विश्वासघात गरेको उनको भनाइ थियो ।

यस्तै, जसपा निकट युवाहरुले पनि संसद विघटन गरेको विरोधमा जनकपुरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओली मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । जनक चोकमा आयोजित कोणसभामा बोल्दै वक्ताहरुले प्रधानमन्त्री ओलीले उक्त कदम नसच्चयाएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment