+
+
Shares

बैशाखमा चुनाव हुँदैन : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते ११:५५

६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले सो दाबी गरेका हुन् ।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो ।’

उनले संवैधानिक÷कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने बताएका छन् । बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईको भनाइ छ ।

संगठित÷एकीकृत÷सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?