Comments Add Comment

बादल समूहको भेलामा एक स्वर: संसद विघटन प्रतिगामी कदम हो

फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरूले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् ।

थापाले सोमबार आफू निकट नेताहरूलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङलगायत २० भन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘संसद विघटन गर्ने केपी ओलीको कदम गैरसंवैधानिक छ, प्रतिगामी ‘कू’ हो । यसलाई साथ दिनुहुन्न ।’

जवाफमा गृहमन्त्री समेत रहेका बादलले नेताहरूबाट आएको मतको उच्च सम्मान गर्ने र त्यसको कदर हुने गरी निर्णय लिने बताएको एक नेताले जानकारी दिए ।
कम्युनिस्ट आन्दोलन र राजनीतिक उपलब्धिहरूलाई जोगाउनुपर्छ भनेर एकताको पक्षमा आफूहरूले पहल गरेको तर घटनाक्रम त्यस विपरीत गएको उनले बताए ।

यसैबीच, बादल गुटाको भेला सकिएसँगै उनलाई भेट्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री निवास पुगेका थिए । उनीहरूको भेटमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment