Comments Add Comment

महालक्ष्मी बैंकको अनियमितता प्रकरणमा कर्मचारीकै मिलेमतो !

६ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा भएको अनियमिततामा बैंककै कर्मचारीको मिलोमतो रहेको पाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा कर्मचारीको संलग्नता देखिएपछि तीनजना शाखा प्रबन्धकसहित ऋणी पक्राउ परेका छन् ।

कम तौलका सुनका गरगहना धितो राखी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ ऋण प्रवाह गरेको उजुरी परेपछि ब्युरोले प्रकरणमा अनुसन्धान थालेको थियो । त्यसक्रममा कमसल धितोबाट ऋण दिन कर्मचारीले नै सहयोग गरेको पाइएको हो ।

ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार प्रकरणमा संलग्नता पाइएपछि शाखा प्रबन्धक स्मृति राना, पिंकु पालिखे र अनिससिंह सिजापतीसहित ऋणी पूर्ण राई, देवानन्द राई र सन्दीप लिम्बु पक्राउ परेका छन् । ‘तीन जनै प्रबन्धकको समयमा ऋण प्रवाहको प्रक्रिया पूरा भएको पाइएको छ’, थापाले अनलाइनखबरसँग भने ।

पक्राउ परेका व्यक्तिविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment