+
+
Shares

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १४:३७

६ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । प्रतिनिधिसभामा १३८ सांसद बहुमत हुनेछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । यसमध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।

त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दैछ । हिजै काँग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।

‘संसदकै बहुमत पुर्‍याएर रीट दर्ता गर्ने तयारी भएपछि आज सर्वोच्च जाने संभावना कम छ । अब बहुमत सांसदहरु सर्वोच्च जान्छौं’, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?