
६ पुस, विराटनगर । मोरङमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरुद्धमा संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।
सोमबार नेकपा प्रदेश कार्यालय विराटनगरमा बसेको बैठकले सोमबारबाटै संसद विघटनकोविरुद्धमा संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सर्वदलीय छलफलमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका जिल्ला र केन्द्रीय नेताहरु सहभागी थिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको नेकपा मोरङका सचिव गणेश उप्रेतीले जानकारी दिए । संसद् विघटनको विरोधमा जिल्लाभरी संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय भएको उनले बताए । बैठकमा प्रधानमन्त्री ओली पक्षका नेताहरु भने सहभागी थिएनन् ।
प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेताहरु आन्दोलनको तयारीमा जुटिरहँदा ओली निकट युवाहरुले भने पार्टी कार्यालय पाञ्चालीमा भेला आयोजना गरेका थिए ।
प्रतिक्रिया 4