+
+

६३५१ परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १७:४५

६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०७९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७९७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?