Comments Add Comment

मध्यपुर थिमि नगरपालिका एशियन अवार्डबाट पुरस्कृत

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ

७ पुस, भक्तपुर । मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको हो ।

शहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिईंदै आएको सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र नगरपालिका भएको मेयर मदन सुन्दर श्रेष्ठ बताउँछन् । पुरस्कृत भएपछि मध्यपुर थिमी नगरपालिका मेयर श्रेष्ठले भने, ‘यो पुरुस्कारले मलाई थप जिम्मेवार बनाएको छ । यो पुरस्कार पाउनमा उपभोक्ता समिति, नगरपालिका परिवारका साथै सम्पूर्ण थिमीवासीको ठूलो हात रहेको छ ।’

एशियाका स्थानीय सरकारहरु, विभाग, शहरी व्यवस्थापन निकाय, गैरसरकारी तथा सामुदायिक संस्थाहरु, अनुसन्धान केन्द्र, योजना निर्माण विज्ञ लगायतको प्रतिस्पर्धा थियो । मध्यपुर नगरपालिकासँगै दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ तथा मलेसिया, नेपाल र थाइल्याण्डका एक–एक वटाले यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।

बढ्दो शहरीकणसँगै बेवास्तामा पर्ने गरेको परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको मुद्दामा काम गर्दै प्रगति हासिल गरेका एशियाली शहरहरुलाई यस्तो पुरस्कार दिइँदै आएको छ ।

नगरको विकास नै सम्रग क्षेत्रको विकास हो भन्ने बुझेका सबै जनप्रतिनिधिको सकारात्मक भूमिकाकै कारण मध्यपुरको कला, संस्कृति र सम्पदाको विकास गर्न सकिएको नगरप्रमुख  श्रेष्ठ बताए । ‘विकास र सम्पदाको निर्माण तथा जिर्णोद्धारको सवालमा नगरपालिकाभित्र पक्ष÷प्रतिपक्ष नभएर सबै नगरवासीहरु एकजुट भएकै कारण आज मध्यपुर नगरपालिकाले पुरस्कार पाएको हो,’ उनले भने ।

आफू नगरप्रमुख भएपछि पोखरी ५, विहार २, ढुंगेधारा २०, पाटी २५, इनार ८ र पार्क २ वटा निर्माण तथा जिर्णोद्धार गरेको उनले बताए । अझै धेरै कार्यहरु गर्न बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment