Comments Add Comment

डा. कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’

७ पुस, काठमाडौं । अर्थशास्त्री डा. कल्याणराज शर्मा चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’बाट सम्मानित भएका छन् । सो अवार्ड यसै वर्षदेखि वितरण सुरु गरिएको हो ।

सोमबार साँझ बेइजिङमा एक भव्य समारोहकाबीच विश्वभरबाट छनौटमा परेका १० जनालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कोभिड—१९ का कारण डा. शर्मा उपस्थित हुन नसकेका कारण सो अवार्ड नेपाली राजदूतावास बेइजिङका द्वितीय सचिव श्रुति कडरियाले ग्रहण गरिन् ।

डा. शर्माले लामो समयदेखि नेपाल—चीन सम्बन्ध, सिल्क रोड सहकार्य र दुई देशबीच विविध सहकार्यका क्षेत्रमा काम गर्दै आएका छन् ।

उक्त अवार्ड प्राप्त गरेपछि डा. शर्माले थप जिम्मेवारीका साथ दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न थप योगदान दिने बताए ।

चाइना इन्टरनेशनल कल्चर एक्स्चेन्ज सेन्टर आयोजक रहेको उक्त अवार्ड वितरण समारोहमा चीन सरकारका उच्च अधिकारीहरु, विभिन्न देशका कूटनीतिज्ञ, साँस्कृतिककर्मीहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालको साँस्कृतिक, पर्यटकीय र नेपाल—चीन सहकार्य झल्किने भिडियो पनि प्रदर्शन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment