Comments Add Comment

आकाश भन्छन्–‘पूजा र मेरो सम्बन्ध प्रेम भन्दा माथि छ’

चलचित्र ‘रामकहानी’मा काम गरेपछि नजिक भएका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माविच प्रेम सम्बन्ध रहेको चर्चा नेपाली चलचित्र बजारमा नचलेको होइन । तर, पूजा र आकाशले यो बिषयमा मुख खोलेका छैनन् । यो चलचित्रपछि निरन्तर एकपछि अर्को चलचित्रमा काम गरिरहेका पूजा र आकाशले आफूहरुलाई मिल्ने साथी मात्र बताउँदै आएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा आकाशले प्रेम नै सबै कुरा नभएको बताए । उनले भने–‘मलाई धेरैले पूजा र मेरो बिषयमा सोध्नुहुन्छ । चलचित्र रामकहानीपछि हामी नजिक भएका हौं । म चलचित्र क्षेत्रमा नयाँ भएकाले पनि पूजाजीबाट धेरै कुरा सिक्ने मौका पाएँ । हामीमा कुनै पनि खालको स्वार्थपना छैन । मलाई उहाँबाट केही पाउँछु भन्ने स्वार्थ पनि छैन भने उहाँलाई पनि मबाट केही पाउँछु भन्ने स्वार्थ छैन ।’

आकाशले पूजा र आफूविचको सम्बन्धलाई ‘भगवान्’को संज्ञा दिएका छन् । उनले भने–‘यदि प्रेम भन्दा माथिको सम्बन्ध भगवान् हुन्छ भने हाम्रो सम्बन्धलाई यही नाम दिनु ठिक होला । म पूजाका लागि भगवान् र मेरा लागि पूजा भगवान् हो ।’

आकाशले पूजा र आफ्नो सम्बन्धमा कुनै खालको अवरोध नआओस् भन्ने चाहेको पनि बताए । भने–‘उसको खुशी नै मेरो खुशी हो । उसको कुनै पनि हानी नहोस्, उसलाई खराब बाटोमा हिडाउने मान्छेहरुसँग उसले संगत नगरोस् भन्ने म चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment