+
+
Shares

प्रचण्ड–माधव समूहको प्रस्ताव : ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १३:४५

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । नयाँ अध्यक्ष माधवकुमार नेपाल बन्नेछन् ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।

महासचिव भने तोकिएको छैन । विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा गएका छन् । प्रचण्ड–माधव समूहका नेताहरुले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताए । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?