Comments Add Comment

विमला तुम्खेवालाई प्रतिभा पुरस्कार राजेन्द्र विमललाई सम्मान

७ पुस, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले ‘प्रतिभा पुरस्कार २०२०’ को घोषणा गरेको छ । संस्थाले वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान’ तथा कवि विमला तुम्खेवालाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा सम्मान ५० हजार रुपैयाँ र प्रतिभा पुरस्कार १ लाख रुपैयाँको रहेको छ ।

जनकपुरका साहित्यकार विमलका कथा, नाटक र उपन्यास प्रकाशित छन् । यस्तै सञ्चारिका समूहकी केन्द्रीय महासचिवसमेत रहेकी कवि तुम्खेवाका चार कवितासंग्रह प्रकाशित छन् ।

सन् २००८ मा बेलायतमा स्थापित प्रतिभा सम्मानबाट ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो र गोपाल पराजुली सम्मानित भइसकेका छन् ।

यसै गरी ‘प्रतिभा पुरस्कार’बाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी र शुभ मुकारूङ पुरस्कृत भइसकेका छन् ।

कोरोनाले समारोह आयोजना गर्न कठिनाई भएपनि स्थिति सामान्य भएपछि एक औपचारिक समारोहको आयोजना गरी ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने जानकारी संस्थाका महासचिव देबेन्द्र खेरेसले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment