७ पुस, काठमाडौं । कोरोना महामारीको समय सरकारी नियम उल्लंघन गरेपछि प्रहरी हिरासतमा परेका पूर्व भारतीय क्रिकेटर सुरेश रैना धरौटीमा छुटेका छन् ।
महामारीको समयमा नियम तोडेका रैनालाई पुलिसले मुम्बइको ‘ड्रागन फ्लाई क्लब’बाट पक्राउ गरेको थियो । रैनासँगै अन्य केही बलिउडका सेलिब्रेटी तथा गायकसहित ३४ जना पक्राउ परेका थिए।
मुम्बइ पुलिसले बिहानको ३ बजे उनीहरुलाई सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र निश्चित समयभन्दा बढी क्लबमा बसेको भन्दै पक्राउ गरेको थियो ।
रैनाले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर रैना भारतको घरेलु क्रिकेट शेइद मुस्तक अलि ट्रफी टी-२० क्रिकेट भने खेल्ने तयारीमा छन् ।
प्रतिक्रिया 4