Comments Add Comment

ओली समूहको केन्द्रीय कमिटीमा झापाबाट मात्रै १८ जना थपिए

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन् ।

सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर १००३ जना पुर्‍याएका छन् । सोमबारै मनोनित गरिएकाहरुलाई पनि मंगलबारको बैठकमा उपस्थित गराइएकाले बालुवाटारमा मंगलबार बसेको बैठकमा नेताहरुको उपस्थिति धेरै देखिएको थियो ।

ओलीले केन्द्रीय कमिटीको कुल संख्या ११९९ सदस्यीय बनाएका छन् । यो कमिटीलाई पूर्णता दिनका लागि अझै १९६ जना थप्न बाँकी छ ।

ओलीले आफ्नो समूहमा रहेका विघटित प्रतिनिधिसभाका सांसदहरुलाई एकमुष्ट रुपमा केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसैवीच, प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाबाट मात्रै १८ जनाभन्दा बढीलाई केन्द्रीय सदस्य बनाइएको छ । प्रधानमन्त्रीको गृहजिल्लाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल लगायत छन् ।

मोरङबाट घनश्याम खतिवडा, नरेश पोखरेल, डीपी राई, हरि घिमिरे, ऋषि पोखरेल, गंगा डाँगी, मीना यादव, सत्यनारायण चौधरी, रामलाल साह लगायतका नेताहरु केन्द्रीय कमिटीमा थपिएका छन् ।

त्यसैगरी सुनसरीबाट रेवतीरमण भण्डारी र सर्वध्वज साँवा लगायतलाई केन्द्रीय सदस्य बनाइएको छ ।

मंगलबार बालुवाटारमा आयोजित आफ्नो समूहको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको प्रथम अध्यक्षको हैसियतले पार्टीको मौजुदा कमिटीमा आवश्यक संख्या थपी यसलाई सुदृढ, सन्तुलित र गतिशील बनाउनुपर्ने आवश्यकता देखी मौजुदा केन्द्रीय कमिटीमा कमरेडहरुलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी एक हजार ३ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेको छु । जम्मा संख्या ११९९ जसमध्ये एक हजार ३ को संख्या पुगेको छ, यस प्रस्तावलाई म निर्णयका लागि बैठकमा पेश गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment