Comments Add Comment

सुर्खेतमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

७ पुस, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सुर्खेतमा प्रदर्शन गरिएको छ । मंगलबार बेलुका कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ओली पक्षीय विद्यार्थी संगठनले र्‍याली निकालेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै वीरेन्द्रचोकमा पुगेर कोष सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी विद्यार्थीहरुले ‘आज होइन भोलिलाई, मेरा साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरोधी अभियान चलाउँदा पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीकै राजीनामा मागेको उनीहरुको आरोप थियो ।

कोण सभामा बोल्दै युवा संघका केन्द्रीय सदस्य गणेश खनालले सूर्य चिन्ह र जनताको बहुदलीय जनवादविना चुनाव जितेर देखाउन प्रचण्ड–माधवलाई चुनौती समेत दिए ।

त्यस्तै अर्का केन्द्रीय सदस्य नवीन योगीले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता बचाउनका लागि प्रधानमन्त्रीले लिएको कदम सकरात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment