Comments Add Comment

इएफएल कप : आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

८ पुस, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी इएफएल कप (काराबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब आर्सनललाई उसैको मैदानमा ४-१ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

एमिरेट्स मैदानमा खेलको तेस्रो मिनेटमा गाब्रिएल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनलका लागि बराबरी गोल फर्काए ।

तर दोस्रो हाफमा सिटी हावी हुँदै ३ गोल गर्‍यो । ५५औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई पेरि अग्रता दिलाए । ५९औं मिनेटमा फिल पोडेनले गोल गरेपछि सिटीले ३-१ को अग्रता बनायो । अमेरिक लापोर्टेले ७३औं मिनेटमा सिटीका लागि चौथो गोल गरे ।

प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल भने इएफएकल कपबाट बाहिरिएको छ ।

यस्तै अर्को खेलमा दोस्रो श्रेणीले ब्रेन्टफोर्डले प्रिमियर लिगको न्यूकासल युनाइटेडलाई १-० ले पराजित गर्दै सेमिफाएनलमा स्थान बनाएको छ । ब्रेन्टफोर्डका लागि जोसुअ डिल्भाले ६६औं मिनेटमा निर्णायक गोल गरे ।

इएफएल कपको सेमिफाइनल पुग्नका लागि आज राति टोटनहम हट्सपर र स्टोकी सिटी तथा म्यानचेष्टर युनाइटेड र एभरटनबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment