
८ पुस, काठमाडौं । फ्रान्समा घरेलु हिंसाको घटना समाधानको लागि गएका तीन प्रहरीको गोली हानी हत्या भएको छ । एक महिलाले आफूमाथि घरेलु हिंसा भएको भन्दै प्रहरीसँग सहायता मागेकी थिइन् । उनलाई उद्धार गर्न पुगेको प्रहरीमाथि ४८ वर्षीय एक व्यक्तिले गोली चलाएका थिए । घटनापछि प्रहरीमाथि गोली चलाउने पुरुष पनि मृत फेला परेका थिए ।
प्रहरीका अनुसार महिलाले आफूलाई उद्धारको लागि आग्रह गरेसँगै प्रहरी उनको घरमा पुगेको थियो । मंगलबार मध्यरातमा प्रहरी महिलाको घरमा पुग्दा महिला भागेर घरको छानामा पुगेकी थिइन् । घटनापछि प्रहरीले महिलाको उद्धार गरेको छ । अधिकारीहरुले यो घटनाले फ्रान्समा ड्युटीको समयमा प्रहरी अधिकारीको सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेको बीबीसीले बताएको छ । फ्रान्समा पछिल्लो समय प्रहरीको सुरक्षा तथा प्रहरी दमनको विषयमा चर्को बहस चलिरहेको छ ।
फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यो वियोगान्त घटनाले समग्र मुलुकलाई छोएको बताएका छन् ।
प्रतिक्रिया 4