Comments Add Comment

नेप्से परिसूचक ७ अंकले बढ्यो, अधिकांश समूह राताम्मे

८ पुस, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक समग्रमा बढे पनि अधिकांश समूह घटेर राताम्मे देखिएका छन् ।

परिसूचक ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ ।

समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सब-इन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैङ्किङ क्षेत्रको कारोबार २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड ०.०७ अंकले बढेका छन् ।

कारोबार रकम भने करिब ७ अर्ब नजिक देखिएको छ । दिनभर भएका ५१ हजार ३ सय २ वटा कारोबारबाट २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ८६ करोड२४ लाख ४५ हजार २ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार धेरै कमाउनेमा नविल बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका छन् ।

नविल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो बैंकहरूमध्ये सबैभन्दा धेरै हो । नविलको लाभांशका कारण पनि लगानीकर्ताहरू यता आकर्षित देखिएका छन् ।

यसको सेयर मूल्य आजमात्रै ९.९७ प्रतिशत अर्थात् १३५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment