Comments Add Comment

इन्जुरी टाइमको गोलमा एसी मिलान शीर्ष स्थानमै रहन सफल

९ पुस, काठमाडौं । थियो हर्नान्डेजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लाजियोलाई पराजित गर्दै एसी मिलान केही समयपछि नै शीर्ष स्थानमा फर्किन सफल भएको छ ।

त्यसअघि लास भेरोनालाई पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लेको थियो । तर प्रतिस्पर्धात्मक खेलमा लाजियोलाई ३-२ ले पराजित गर्दै एसी मिलानले आफ्नो शीर्ष स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एन्टे रेबिकले १०औं मिनेटमै गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । रबिकको गोलमा सहयोग गरेका हाकन चाल्हनोग्लुले १७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

२८औं मिनेटमा लाजियोले पनि पेनाल्टीको अवसर पाएको थियो तर सिरो इम्मोबाइलको पेनाल्टी प्रहार मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले रोके । तर उनले पूरै क्लियर गर्न नसकेको बललाई लुइस अल्बर्टोले गोलमा परिणत गर्दै गोल अन्तर कम गरे ।

५९औं मिनेटमा भने इम्मोबाइलले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि खेल बराबरीतर्फ अघि बढिरहेको बेला हर्नान्डेजले इन्जुरी समयको दोस्रो मिनेटमा हाकनकै पासमा गोल गर्दै मिलानको जित पक्का गरे ।

जितपछि १४ खेलबाट ३४ अंक जोड्दै मिलान शीर्ष स्थानमा छ । समान खेलबाट ३३ अंकसहित इन्टर दोस्रो स्थानमा छ । इन्टरले हलोस भेरोनालाई २-१ ले पराजित गरेको हो । इन्टरका लागि लाउटारो मार्टिनेज र मिलन स्क्रिनियरले गोल गरे । हेलासका लागि इभान इलिसले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment