Comments Add Comment

गुल्मीमा सवारी साधन कारबाहीबाट २० लाख बढी राजश्व संकलन

९ पुस, गुल्मी । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ को ५ महिनासम्मको अवधिमा जिल्ला ट्राफिक कार्यालय गुल्मीले गरेको सवारी कारवाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो ।

यो अवधिमा तीन हजार ५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

जसअनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारबाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ ।

असोज महिनामा ६ सय सवारी कारबाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारबाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ ।

मंसिर महिनामा ८ सय सवारी कारबाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

चालक र यात्रुलाई प्रशिक्षण

दुर्घटना न्यूनीकरण गर्न दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठूला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक पाण्डेयले बताए ।

यसले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्ने प्रहरीको विशवास छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्य नजरराखेर विभिन्न रुटमा सवारी चलाउने नियम बनाएको ट्राफिक प्रहरीले जनाएको छ ।

सदरमुकाम तम्घास भएर आवतजावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

बजारभित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक पाण्डेयले बताए । त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ ।

बजारभित्र सडक सानो रहेकाले पनि यसले बजार क्षेत्रभित्र हुने ट्राफिक जामलाई कम गर्ने काम गरेको पाण्डेयले बताए ।

ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्नका विद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात व्यवसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment