+
+
Shares

प्रदेश सांसद खरेलले बादलको साथ छाडे

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १३:४१

९ पुस, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रप्रसाद (आईपी) खरेलले नेता रामबहादुर बादलको साथ छाडेका छन् ।

सत्तारुढ दल नेकपामा देखिएको विभाजनसंगै नेपाल कम्युनिष्ट पार्टी बाँकेका जिल्ला अध्यक्ष समेत रहेका सांसद पोखरेलले आफू प्रचण्ड–माधव समूहमै रहने स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद खरेलले बादलको साथ छाडेको जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन्–‘साथीहरु लोभलालचमा नफसौं, सत्यको समर्थक बनौं, बादलजी तपाईसंग सम्बन्ध त तोडिन्न तर तपाईसँग सति जान सकिएन । तपाईको प्रगति होस्, अन्तिम सलाम ।’

अनलाइनखबरसंगको कुराकानीमा सांसद खरेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, प्रतिगामी र कम्युनिष्ट आन्दोलन विरोधी भएको बताए ।

यता नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा भने अहिलेसम्म कुनै पनि पक्षमा प्रष्ट खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?