
९ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बिहीबारदेखि आफूले बादलसँगको साथ छाडेको बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले बादलको सचिवालय र उनको राजनीतिक सल्लाहकारको भूमिकामा आजैदेखि राजनीतिक र नैतिक दृष्टिले नरहेको उल्लेख गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद बढ्दै गएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै बैठक राख्न थालेका छन् । यस क्रममा केही दिन कुनै समूहमा पनि नजाने भनी मौन रहेका बादल बिहीबार भने ओली समूहको बैठकमा सहभागी भएका छन् ।
बादल ओली समूहको बैठकमा सहभागी भएको केहीबेरमै पथिकले फेसबुकमार्फत बादलको साथ छोडेको जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4