Comments Add Comment

सुरविनालाई ‘बाचुन्जेल’ माया गर्ने कमलको वाचा

गायिका मेलिना राई र गायक सीएल शर्माको स्वरमा समावेश ‘बाचुन्जेल’ बोलको गीत सार्वजनिक भएको छ । सी एल शर्माकै संगीत रहेको गीतमा किसान सुवेदीको शब्द छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

भिडियोमा सधै नै नयाँ शैली भित्राउन माहिर मानिएका निकेशले यो पटक श्रीमती र श्रीमान्को प्रेमको कथा उठाएका छन् । भिडियोमा सुरविना कार्की र कमल सिंहको अभिनय छ । भिडियोमा विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment