
काठमाडौं । गायिका मेलिना राई र ध्रुव गुरुङबीच शुक्रबार विवाह हुँदैछ । गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा दिउँसो १ बजेदेखि विवाह हुन लागेको हो । विहिबार दिउँसोदेखि विवाह समारोह स्थललाई सजाउने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
अनलाइनखबरलाई प्राप्त तस्वीरमा विवाह समारोह स्थल चिरिच्याट्ट तुल्याइएको छ । मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले गेट बनाइएको छ भने आकर्षक विवाहको स्टेज तयार पारिएको छ । केही दिनअघि मेलिनाकी बहिनीले रिसोर्ट बुक गरेकी थिइन् ।
चर्चित गायिका मेलिना र ध्रुव केही समयदेखि प्रेम सम्बन्धमा छन् । ध्रुवले इन्स्टाग्राममार्फत विहीबार इन्गेजमेन्टका रोमान्टिक फोटोहरू सेयर गरेका छन् ।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘एकसाथ, वर्तमानमा ध्यान केन्द्रित गर्न तयार छौं । हाम्रो बाटोमा आउने कुनै पनि चुनौतीहरूको सामना गर्नेछौं । यो यात्रा हाम्रो अँगालोको लागि हो, प्रत्येक पाइलाले हामीलाई सुन्दर, अर्थपूर्ण जीवन र हामी साँच्चै गर्व गर्न सक्ने भविष्य सिर्जना गर्न नजिक लैजान्छन् ।’
उनले अगाडि थपेका छन्, ‘पलहरूको कदर गरौं, परिस्थितिलाई सँगै सामना गरौं र एउटा कथा निर्माण गरौं जसले शक्ति, प्रेम र दृढ संकल्पलाई झल्काउँछ । म मेरो छेउमा तिमीसँग यात्राको यो अध्याय सुरु गर्न पर्खन सक्दिनँ । मेरो माया । फूलमाला ।’
प्रतिक्रिया 4