+
+
Shares

सरकारको कदमप्रति जनसाहित्यिक लेखक संघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १७:४४

काठमाडौं । केपी ओली सरकारले संसद विघटन, बेमौसमी अध्यादेश जारी गर्नेलगायत अलोकतान्त्रिक कार्य गरेको भन्दै ‘जनसाहित्यिक लेखक संघ’ नेपालले आपत्ति जनाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सरकारी कदमविरुद्ध सबै लेखकलाई एकजुट हुन आह्वानसमेत गरेको हो ।

राज्यको विषम परिस्थितिमा प्रगतिशील साहित्यकारहरुको विशेष भूमिका रहने बताउँदै संघले प्रतिरोधमा उत्रन आग्रह गरेको छ । साथै स‌ंक्रमणकालीन परिस्थितिमा जनतामाझ सचेतना र राजनीतिक जागरण ल्याउन साहित्यकार जिम्मेवार हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

संघका सहसंयोजक केशव सिलवालले जारी गरेको विज्ञप्तीअनुसार गणतन्त्र, समावेशीजस्ता उपलब्धि कसैको पेवा नभएको भन्दै यसको रक्षार्थ लेखक तथा साहित्यकार उभिनुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?