Comments Add Comment

धानको उत्पादन ७० हजार मेट्रिक टनले बढ्यो

२८ साउन, काठमाडौं । धानको उत्पादन गतवर्ष भन्दा ७० हजार मेट्रिकटनले बढेको छ । देशभरबाट प्राप्त धान उत्पादनको तथ्याङ्कमा उत्पादन बढेको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७/७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार मेक्ट्रिकटन भन्दा धेरै धान उत्पादन भएको छ ।

‘मन्त्रालयमा प्राप्त विवरणअनुसार देशभर गत वर्षभन्दा ७० हजार मेट्रिकटन बढी धान उत्पादन भएको छ,’ मन्त्रालय उच्च स्रोतले अनलाइनखरबसँग भन्यो ।

गत वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा धान खेति हुँदा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पदन भएको थियो ।

चालु आर्थिक वर्षमा नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा यस वर्ष रोपाइँ भएको थियो । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल छ । जसमध्ये यस वर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ भएकेा थियो ।

समयमै सुरु भएको मनसुन र श्रमिकको उपलब्धताले गत वर्षभन्दा छिटो र धेरै भूभागमा यसवर्ष रोपाइँ भएको थियो । तर धानका लागि चाहिने मलको चरम अभाव हुँदा पनि धानको उत्पादनमा भने बृद्धि भएको छ । धान उत्पादनबारे विस्तृत विवरण मन्त्रालयले शुक्रबार सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment