Comments Add Comment

दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

९ पुस, सुर्खेत । दैलेखका कोरोना संक्रमति पुरुषको सुर्खेतस्थित वीरेन्द्रनगरमा उपचारका क्रम्मा भएको छ । प्रादेशिक अस्पतालमा उपचारको क्रममा नारायण नगरपालिका वडा नं. २, दैलेख निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको बिहीबार १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार सास फेर्न कठिनाई, खोकी, ज्वरो र खानामा रुचि नहुने मस्या भएपछि मंसिर २६ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

उनको सोही दिन नै प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभई उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment