Comments Add Comment

‘स्मार्टडोको’ को अपडेटेड नयाँ भर्सनको एप पुनः लन्च हुँदै

आइएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् ।

स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनु पर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानी गर्दा मात्र लागु हुनेछ ।

सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन् ।

सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् । हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १ हजारको सीमा हुनेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ । जसमा १००० को सीमा हुनेछ । न्यूनतम् अर्डर २००० को हुनु पर्नेछ । माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जसमा रु. ५०० को सिमा हुनेछ ।

सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ । हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अपडेटेड वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment