Comments Add Comment

स्कार्पियोले ठक्कर दिँदा बालकको मृत्यु

१० पुस, डोटी । स्कार्पियोले ठक्कर दिँदा डोटीमा एक बालकको मृत्युु भएको छ ।

शिखर नगरपालिका–६ कोटगाउँका मोहन बलायरका ६ वर्षीय छोरा गौरव बलायरको मृत्यु भएको हो ।

डोटीबाट धनगढीतर्फ जाँदै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरवलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

स्कार्पियो र त्यसका चालक महादेव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment