+
+

बेलायतबाट अमेरिका जाने मानिसलाई कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १२:३३

१० पुस, काठमाडौं । बेलायतबाट अमेरिका जाने हवाई यात्रुहरुले अब पछिल्लो तीन दिनभित्र गरेको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ । बेलायतमा तीव्र गतिमा फैलिने कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार देखिएसँगै अमेरिकाले यस्तो नियम लगाएको हो ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले बेलायतबाट आउने सबै हवाई यात्रुहरुले नेगेटिभ रिपोर्ट बुझाउनु आवश्यक रहेको बताएको हो । यसअघि गत मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भेरियन्टको विषयलाई बेलायती यात्रुहरुले अमेरिका आउनु कोरोना परीक्षण रिपोर्ट बुझाउनु जरुरी नहुने बताएका थिए । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै बेलायतमाथि धेरै मुलुकहरुले भ्रमणमा प्रतिबन्ध लगाइरहेका छन् ।

अमेरिकास्थित बेलायती दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बिहीबार अमेरिकाको सीडीसीले यात्रुहरुले अमेरिका भ्रमणका लागि कोरोनाको पीसीआर वा एन्टिजिन परीक्षण गरिनु अनिवार्य रहेको बताएको हो । सीडीसीले बेलायतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट पनि ७० प्रतिशत संक्रामक देखिएको बताएको छ । सीडीसीको निर्णय आगामी सोमबारदेखि कार्यान्वयनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?