+
+
Shares

के सरकारले नै गर्ला हल खोल्ने निर्णय ?

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १३:१०

नेपाल सरकारले ९ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु खोल्ने निर्णय गरेको छैन । सरकारले निर्णय नगरेपनि चलचित्र संघले आजबाट देशभरका हलहरु सुचारु गर्ने निर्णय गरेसँगै हलहरु संचालनमा आएका छन् ।

हलहरु संचालनमा आएसँगै जिल्ला प्रशासन कार्यलय, काठमाण्डौले चलचित्रकर्मीहरुलाई छलफलमा बोलायो । प्रधानमन्त्री कार्यलयले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यलयले उनीहरुलाई बैठकमा बोलाएको हो । प्रधानमन्त्री कार्यलयले चलचित्र संघको मागको बिषयमा छलफल गर्न निर्देशनसहितको पत्र जिल्ला प्रशासन कार्यलयलाई काटेपछि चलचित्रकर्मीलाई छलफलमा बोलाइएको हो ।

चलचित्रकर्मीसँगको छलफलपछि जिल्ला प्रशासन कार्यलयले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा हल खोल्ने बिषयमा पत्र पठाउने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘अहिलेसम्म हल खोल्ने बिषयमा मन्त्रीपरिषद्मा एजेन्डा नै प्रस्तुत भएको रहेनछ । आजको छलफलमा मन्त्रीपरिषद्मा एजेन्डाको रुपमा प्रस्तुत गर्न सिफारिश गर्ने निर्णय भएको छ ।’

मन्त्रीपरिषद्ले कुनै मिति तोकेर हल खोल्ने निर्णय गरेको खण्डमा सो दिनसम्म हल बन्द गर्न हल संचालकहरु सहमत भएका छन् । ‘तर, मन्त्रीपरिषद्मा लैजाने निर्णय गरेर फेरि झुलाउने काम भयो भने हाम्रो आन्दोलन जारी नै रहन्छ’, शर्माले भने ।

आजदेखि हल खोल्ने निर्णयमा भने आफूहरु पछि नहटेको र हल सुचारु हुने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?