Comments Add Comment

संसद विघटनविरुद्ध साताब्यापी नागरिक आन्दोलन घोषणा

१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा साताव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।

संसद विघटन सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रतिगमनको रोडम्याप नै भएको भन्दै बृहत नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

‘प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता सर्वत्र देखिन्छ’ बृहत नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु हामी सबै नागरिकको कर्तव्य हुन आएको छ ।’

आन्दोलनको कार्यक्रम अन्तर्गत पुस ११ गते शंख एपिसोडसहित कोणसभा, पुस १३ गते डम्फु एपिसोडसहित कोणसभा, पुस १५ गते धिमे एपिसोडसहित कोणसभा, पुस १७ गते च्याब्रुङ एपिसोडसहित कोणसभा र पुस १८ गते सडक नाटकसहित सभा गर्ने तय भएको छ ।

यी कार्यक्रम दिउँसो २ बजे माइतीघरमा गर्ने आन्दोलनको संयोजन गरेका युग पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment