Comments Add Comment

चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो : चेम्बर

१० पुस, काठमाडौं । कोरोनाको बाहनामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । नाका खोलिएको भनिएपनि बन्द रहे सरहनै भएकाले व्यवसायीले दुःख पाउनुपरेको चेम्बरको गुनासो छ ।

चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै चेम्बरले व्यापार सहजीकरण गर्न चीनलाई आग्रह गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाइ ज्ञापन गर्न शुक्रबार आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अडि्कएको गुनासो गरे ।

‘पोहोर साल जाडोका लागि व्यवसायीले किनेको ज्याकेट अझै नाकामै थन्किएको छ, यस्तो तरिकाबाट कसरी दुईदेशबीचको व्यापार चल्छ ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेको अध्यक्ष श्रेष्ठले बताए ।

‘कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो, कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस्,’ अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह गरे ।

कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल बढ्दा व्यवसायीमा चिन्ता थपिएको पनि चेम्बरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment