+
+
Shares

गाडीको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

रासस रासस
२०७७ पुष ११ गते १०:२७

११ पुस, दमक । टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?