News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले हुलाकी सडक अवरुद्ध गरेका छन्।
- गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ५५ वर्षीय राजेन्द्र यादव घाइते भएका थिए।
- उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा यादवको मृत्यु भएको र सडक दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२७ असोज, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा स्थानीयले हुलाकी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।
अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् ।
गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरस्थित हुलाकी सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा बोदेबरसाईन नगरपालिका–१ महनौरीका ५५ वर्षीय राजेन्द्र यादव घाइते भएका थिए ।
चन्हीबाट कुसमहारतर्फ साइकलमा जाँदै गरेका यादवको टाउकोको पछाडिको भागसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो । सडक छेउमा घाइते अवस्थामा फेला परेका उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार सडक दुर्घटना विषयमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4