+
+
Shares

स्वनामको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते १०:५८

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सल्लाकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

शनिबार शोक वक्तव्य जारी गरी प्रचण्डले स्वनामको निधनप्रति दुख व्यक्त गरेका हुन् । स्नामको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तलाञ्जली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय भएको समेत प्रचण्डले उल्लेख गरेका छन् ।

२००७ साल साउन १७ गते म्याग्दीको दर्वाङ-२ मा जन्मिएका स्वनामको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पताल, काठमाडौंमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?