Comments Add Comment

चिनियाँ राजदूतले नेपाली नेता भेट्दा दिल्लीमा तरंग

१२ पुस, काठमाडौं । केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् ।

उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको भेटले नयाँ दिल्लीमा एक खालको तरंग सिर्जना गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुले चिनियाँ राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको उल्लेख गरेका छन् । त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्रीको नेपाल भ्रमण सम्बन्धी समाचारलाई पनि उनीहरुले निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले नेकपालाई फुट्नबाट जोगाउन अन्तिम प्रयास गर्ने उदेश्यले चिनियाँ राष्ट्रपतिले विशेष टिम पठाउन लागेको उल्लेख गरेको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतले नेपालका प्रमुख नेताहरुलाई भेटेपछि सो टिम पठाउन लागेको पत्रिकाले उल्लेख गरेको छ ।

त्यसैगरी भारतको अंग्रेजी अनलाइन दि प्रिन्टले नेकपालाई पुन एकीकृत बनाउने प्रयास सफल नुहने र चीनले व्यर्थको प्रयास गरिरहेको उल्लेख गरेको छ । त्यसैगरी दि हिन्दु पत्रिकाले पनि सो सम्बन्धी समाचारलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेको छ ।

अन्य विभिन्न भारतिय संचारमाध्यमहरुले पनि चिनियाँ राजदूतको भेटघाटलाई निकै प्राथमिकतका साथ प्रकाशित गरेका छन् ।

त्यसैगरी भारतका विभिन्न थिंक ट्याङकहरुले समेत चिनियाँ राजदूतको भ्रमणलाई निकै उत्सुकतामा साथ हेरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment