News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा चिनियाँ राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
- भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्ने विषयमा जोड दिएका छन् ।
- चिनियाँ राजदूत माओमिङले दुई देशबीचको आपसी सम्बन्ध र विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।
राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4