
१२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राईले संसदमाथि खड्ग प्रहार भएको टिप्पणी गरेका छन् ।
संसद विघटनको विरोधमा जसपाले आइतबार राजधानीमा गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बेलामा संविधानका व्यवस्थाहरु कुल्चिएर संसद भंग गरिएको बताए । ‘त्यसैकारण खड्ग प्रहार गर्नेहरुबाहेक सबै यसको विरोधमा छन्’ उनले भने ।
प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा बहुमत गएको र संसद बोलाउँदा प्रधानमन्त्रीको कुर्सी असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको उनको आरोप छ । राईले भने, ‘एउटा मान्छेको अहंकारका लागि, सत्ता लोलुपताका लागि संसदमाथि खड्ग प्रहार गरिएको छ । मुलुकमा आगो लगाइएको छ ।’
असंवैधानिक घोषणा खारेज गर्नुपर्ने र संसदको अधिवेशन तत्काल बोलाउनु पर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4