Comments Add Comment

कृषक परिचयपत्रको वितरण थाल्ने निर्णय गर्दै कृषिमन्त्रीले गरिन् पदभार ग्रहण

१३ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

यसअघि उनी भूमिसुधार मन्त्री थिइन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषिमन्त्री बनाएकी थिइन् ।

किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर उनले हस्ताक्षर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment