Comments Add Comment

मेसी थप छुट्टिमा, शुक्रबारपछि प्रशिक्षणमा फर्किने

१२ पुस, काठमाडौं । छोटो विन्टर ब्रेकपछि स्पेनिस क्लब बार्सिलोना आइतबार बिहान प्रशिक्षणमा फर्किएको छ । बिहीबार रियल भाल्लाडोलिडविरुद्ध जित हात पारेपछि प्रशिक्षणमा फर्किएको बार्सिलोनाको प्रशिक्षणमा कप्तान लिओनल मेसी भने थिएनन् ।

प्रशिक्षक रोनाल्ड कोएमनले क्रिसमसको विना मनाउन मेसीलाई अर्जेन्टिना जान छुट दिएका थिए । अरु खेलाडीले भने चार दिनको छुट्टी मनाए ।

प्रशिक्षक कोएमनले मेसीलाई भने थप छुट्टि दिने भएका छन् । जसको अर्थ मेसी मंगलबार हुने आइबरविरुद्धको खेलपछि मात्र टिममा फर्कनेछन् ।

उक्त खेलपछि कोएमनले आफ्नो टिमलाई बुधबार र बिहीबार गरी दुई दिन आराम दिनेछन् । शुक्रबारदेखि प्रशिक्षण सुरु हुनेछ । उक्त प्रशिक्षणमा मेसी उपस्थित हुने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

आइबरविरुद्धको खेलमा ओसमान डेम्बेले उपलब्ध हुनेमा कोएमन आशावादी छन् । तर सर्जी रोवर्टो, अंशु फाती र जेरार्ड पिके भने चोटका कारण लामो समयको ब्रेकमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment