+
+
Shares

बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते ११:५०

१३ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो ।

यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?