Comments Add Comment

यही बर्ष ‘नेफ्टा अवार्ड’ आयोजना गर्ने तयारी

गतबर्ष चैत्रमा आयोजना हुने भनिएको १० औं नेफ्टा अवार्ड यो बर्ष आयोजना हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले बताएको छ । आगामी फागुण अन्तिम साता अवार्ड आयोजना हुने प्राविधिक संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डका लागि उत्कृष्ट पाँच मनोनयन माघ १० गते सार्वजनिक गरिने बताइएको छ । अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेलले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि यही बर्ष नै अवार्ड आयोजना गर्न लागिएको उल्लेख गरिएको छ ।

ड्रिम हाइ नेपालका प्रमुख कमल जीसीले उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको दिन नै अवार्डको मिति सार्वजनिक गरिने बताए । कमलले अवार्डमा सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइने पनि बताएको छ ।
गतबर्षको चैत्र २२ गते काठमाण्डौको टुँडिखेलमा अवार्ड आयोजना गर्ने तयारी नेफ्टाले गरेको थियो । नेफ्टाले गतबर्ष अवार्ड आयोजना गर्न नसकेकोमा क्षमा समेत मागेको छ ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने दायित्व सबैको भएको भन्दै चलचित्रकर्मी, पत्रकार तथा दर्शकलाई हातेमालो गर्न आग्रह गरे ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्डको रुपमा मानिन्छ । तर, पछिल्लो केही बर्षदेखि नेफ्टा अवार्ड नियमित रुपमा आयोजना हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment