+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

कमेडी फिल्म ‘तीन जुङ्गे’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १२:०१

हाँस्य कलाकार तथा निर्देशक पुरन थापाले चलचित्र ‘तीन जुङ्गे’ बनाउने तयारी गरेका छन् । उनले, आइतबार आफ्नो जन्मदिनमा चलचित्र बनाउने घोषणा गरेका हुन् । उनले यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका हाँस्यप्रधान चलचित्र निर्देशन गरेका थिए । थापाले घोषणा गरेको नयाँ चलचित्र ‘तीन जुङ्गे’को छायांकन माघ तेश्रो साताबाट सुरु हुनेछ ।

बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’मा तीन मुख्य पात्रको अभिनय रहनेछ । तर, निर्माणपक्षले अहिले नै कलाकारको नाम भने खुलाएको छैन । चलचित्रमा निर्देशक थापा, लय संग्रौला, दमन रुपाखेति, निक शर्मा, सुमीत्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललीतसिंह साउद, बिकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने पक्का भैसकेको छ ।

चलचित्रका लागि मुख्य नायक–नायिकाको टुंगो केही समयमै लगाइने पुरनले बताए । बिमल ढकालको छायांकन रहने चलचित्रमा बिनोदकुमार भुजेलको संगीत, शंकर महर्जनको एक्सन, ललीतसिंह साउदको सम्पादन रहनेछ । सामाजिक बिषयलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागिएको चलचित्रलाई काठमाडौ, मुस्ताङ, पोखरा लगायतका स्थानमा खिचिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?