Comments Add Comment

सलमानको बर्थ डे केक काट्न भूवनदेखि सुष्मासम्म पुगे

बलिउड नायक सलमान खानले संचालन गरिरहेको ‘बिइङग ह्यूमन’को नेपाली फ्रेन्चाइज लिएको संस्थाले उनको जन्मदिन सेलिब्रेट गरेको छ । आइतबार नायक खान ५५ बर्षमा प्रवेश गरेका छन् । यो बर्ष सलमानले आफ्नो जन्मदिन परिवारसँग मात्र मनाएका छन् ।

दरबारमार्गको किङ्ग्स लन्जमा आयोजित कार्यक्रममा नेपाली चलचित्रका नायक भूवन केसी, नायिका सुष्मा कार्की, कलाकार प्रशान्त ताम्राकार पनि उपस्थित थिए । उनीहरुले आयोजकसँगै केक काटेका थिए । ‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’को समुहले आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो ।

यो संस्थाले नायक सलमान खानलाई नेपाल ल्याउनका लागि पहल गरेको पनि बताएको छ । गतबर्षको मे महिनामा सलमान नेपाल आउने निश्चित भएपनि विविध कारणले स्थगित भएको ‘विइङ्ग ह्यूमन क्लोथिङ नेपाल’का निर्देशक सुरज केसीले जानकारी दिए ।

सलमानको बर्थ डे सेलिब्रेशन कार्यक्रममा गायक–गायिकाहरुले उनका चलचित्रका चर्चित गीतहरु प्रत्यक्ष रुपमा गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment