Comments Add Comment

म भिडियोमा चुजी भएकी होइनः सुपुष्पा भट्ट

नायिका सुपुष्पा भट्टले लकडाउनपछि धमाधम म्यूजिक भिडियो निर्माण भएपनि एउटा मात्र भिडियोमा काम गरिन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा नायक पल शाहसँग उनले काम गरेकी थिइन् । उनै, सुपुष्पा भट्ट आइतबार ललितपुरको एक रेष्टुरेन्टमा सुवानी मोक्तानको स्वरमा समावेश एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा भेटिइन् ।

यो भिडियोलाई पनि निकेश खड्काले नै निर्देशन गरेका हुन् । निकेशले डिसेम्बर ३१ मै गीत सार्वजनिक हुने बताएका छन् । विकास धमलाको सम्पादन, वुद्ध थापाको छायांकन रहेको भिडियोको छायांकनमा भेटिएकी सुपुष्पाले आफू भिडियोमा चुजी नभएको बताइन् । उनले भनिन्–‘म चुजी भएकी होइन । मलाई राम्रो गीतमा काम गर्न मन लाग्छ । लकडाउनपछि भिडियोको अफर नआएको होइन, तर गीत चित्त वुझेन ।’

सुपुष्पा सुवानीको स्वरमा रहेको डान्सिङ शैलीको गीतको भिडियोमा बोल्ड, चुलबुले अवतारमा देखिदैछिन् । उनी भन्छिन्–‘मलाई निकेश खड्काको निर्देशनमा बनेको भिडियो केही फरक लाग्छ र काम गर्न तयार भएकी हुँ । सुवानीजीको स्वर पनि मलाई मनपर्छ । फेरि, यो भिडियोमा दर्शकले मेरो नृत्य पनि हेर्न पाउनुहुनेछ ।’

नायक पल शाहसँग एउटा भिडियोमा काम गरेकी सुपुष्पा अब फेरि पलसँग नै काम गर्ने इच्छा व्यक्त गर्छिन् । पलको बारेमा उनले भनिन्–‘अहिले भिडियोको ट्रेन्डिङमा पलजी नै हुनुहुन्छ । फेरि, मलाई उहाँसँग काम नगर्दा पनि उहाँ मन पथ्र्यो । फेरि, पनि उहाँसँग नै काम गर्ने इच्छा छ ।’

निर्देशक खड्काले आफूले सुपुष्पाको परिचय बदल्ने कोशिश गरेको बताए । चलचित्र ‘रणवीर’मा सोझी यूवतीको भूमिका निभाएकी सुपुष्पालाई निकेशले चलचित्र ‘चपली हाइट ३’मा बोल्ड अवतारमा प्रस्तुत गरेका छन् । यो भिडियोमा पनि सुपुष्पाको फरक अवतार दर्शकले हेर्न पाउने निकेशको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment