Comments Add Comment

कोहली बने दशककै उत्कृष्ट खेलाडी

१३ पुस, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आईसीसी प्लेअर अफ दि डिकेडको (दशककै उत्कृष्ट खेलाडी) दुई अवार्ड जितेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार घोषणा गरेको अवार्डमा कोहलीले दशककै उत्कृष्ट खेलाडी (प्लेअर अफ दि डिकेड) र एक दिवसीय क्रिकेटमा दशककै उत्कृष्ट खेलाडी (ओडीआई प्लेअर अफ दि डिकेड) को अवार्ड जिते।

यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथले दशककै उत्कृष्ट टेस्ट खेलाडी (टेष्ट प्लेअर दि डिकेड) को अवार्ड जिते ।

अफगानिस्तानका स्पिनर रासिद खानले दशककै उत्कृष्ट टी २० खेलाडी (टी २० प्लेअर अफ दि डिकेड) को अवार्ड जिते ।

महिलातर्फ तीनवटै अवार्ड अष्ट्रेलियाकी एलिसी पेरीले जितिन् । उनले महिलातर्फ प्लेअर अफ दि डिकेड, ओडीआई प्लेअर अफ दि डिकेड र टी २० प्लेअर अफ दि डिकेडका अवार्ड जितिन्।

भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले स्प्रिट अफ दि डिकेडको अवार्ड जिते ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment